अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 04:46

गाजामा राहत साम‍ग्री पुर्याउनै मुस्किल, राष्ट्रसङ्घद्वारा ‍भोकमरीको चेतावनी

बिआरटीनेपाल २०८० मंसिर १ गते ६:१८ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा कुनै पनि राहतका सामग्री पुर्याउन नसकेको जनाएकाे छ । फोनसेवा नहुँदा कर्मचारीहरुसँग सम्पर्क गर्न र इन्धन अभावका कारण आज गाजामा कुनै पनि राहत सामग्री नलगेको राष्ट्रसङ्घले जनाएकाे हाे । राष्ट्रसङ्घको राहत एजेन्सीले फोन र इन्धनको सेवा प्राप्त भएमा राहत वितरणलाई नियमित गर्ने बताएको बीबीसीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले खाद्यान्न र पानीको चरम अभाव रहेको गाजामा तत्कालै भोकमरीको सम्भावना रहेको चेतावनी दिएको छ ।

यसैबीच इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजामा रहेको अल सिफा अस्पताल परिसरमा रहेको हमासको सुरुङ पत्ता लगाएर आक्रमण गरेको दाबी गरेको छ । आईडीएफका अनुसार अल सिफा अस्पताल परिरसमा मात्रै नभइ अन्य अस्पतालमुनि पनि त्यस प्रकारको सुरुङ भेटिएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई अस्पताल परिसरभित्रै राखेको गोप्य सूचना प्राप्त भए पनि त्यहाँको सुरुङ पत्ता लाग्नुपूर्व नै बन्धकहरूलाई अन्त सारिसकिएको देखिएको बताउनुभएको छ ।

इजरायली सुरक्षा फौजले हमासले बन्धक बनाएकामध्ये दुई जनाको शव भेटेको पनि बताएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर झण्डै १२ सय मानिस मार्नुको साथै २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू