अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 04:25

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

बिआरटीनेपाल २०८० मंसिर १ गते ६:१६ मा प्रकाशित

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन गरिने भएको छ । स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता यही डिसेम्बर भित्र लिइसक्नु पर्नेछ ।  उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न पाउने बताइएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू