अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५
| Colorodo: 06:30
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ ।
प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएकाे बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।