अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 06:19

इजरायलले दियो लेबनानलाई धम्की

बिआरटीनेपाल २०८० कार्तिक २६ गते ६:०८ मा प्रकाशित

इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।

रक्षामन्त्री गेलेन्टले हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेकाले यसको परिणाम लेबनानका नागरिकले भोग्ने चेतावनी दिएका छन् ।अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा राम्रो संग थाहा भएको प्रतिक्रिया गेलेन्टले दिएका छन् ।इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाट इजरायलमा आक्रमण जारी राख्ने बताएका छन् ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति दिएकाछन् । हिजबुल्लाहका नेताको भनाई सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो । इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू