अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 08:17

गाजामा दैनिक ४ घण्टा आक्रमण स्थगन

बिआरटीनेपाल २०८० कार्तिक २४ गते ५:३६ मा प्रकाशित

इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ । अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै तयारी गरेको जनाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले त्यस क्षेत्रमा अत्यावश्यक सामग्री पुर्याउन पनि इजरायली कदम सकारात्मक हुने उल्लेख गर्नुभएको छ । यसअघि, इजरायली सेनाले मानवीय सहायताका लागि केही समय स्थानीयस्तरमा कारवाही स्थगित गरेपनि युद्धविराम भने नहुने जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू