अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

कंगोमा डुंगा दुर्घटना हुँदा २८ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असोज २९ गते ७:१५ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा डुंगा दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । घटनामा २६१ जना बेपत्ता भएका छन् । प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा कंगो नदीको बन्दरगाह सहर मबान्डाकाबाट ३ सय किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको केहीबेरमा दुर्घटना भएको हो ।

डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्द दुखः व्यक्त गर्नुभयो । घटनाका दोषीमाथि कडा कारबाही गरिने पनि उहाँले उल्लेख गर्नुभएको छ । अत्यधिक भारका कारण डुंगा पल्टिएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू