अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 23:42

अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

बिआरटीनेपाल २०८० असोज २४ गते ७:४६ मा प्रकाशित

अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू