अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

बेलायत र अष्ट्रेलियामा इजरायल र हमास समर्थकबीच झडप

बिआरटीनेपाल २०८० असोज २४ गते ७:२२ मा प्रकाशित

इजरायल र हमास युद्धको प्रभाव विदेशमा बस्नेहरुबीच पनि परेको छ । बेलायत र अष्ट्रेलियामा इजरायल र हमास समर्थकबीच झडप नै भएको छ । लण्डनको हाई स्ट्रीट केंसिङटन ट्युब स्टेशन लगायत अन्य शहरहरुमा भेला भएका प्यालेस्टाइन र हमास समर्थकहरुले प्रदर्शन गरेपछि इजरायल समर्थकहरुले प्रतिकार गरेका छन् ।

हमास समर्थकहरुले जरायली दुताबास अगाडि प्रर्दशन गर्दा इजरायली समर्थकहरुले आतिसबाजी गरेका थिए । आ–आफनो देशको झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुबीचको झडप रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसैबीच, बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्रदर्शनकारी हमास समर्थकलाई आतंकबादीको संज्ञा दिनुभएको छ । उता, अष्ट्रेलियाको सिड्नीमा पनि इजरायल र हमास समर्थकहरुले प्रदर्शन गरेका छन् ।

सिड्नीको ओपेरा हाउस अगाडि प्यालेस्टाइन समर्थकहरुले प्रदर्शन गरेपछि इजरायल पक्षधर पनि प्रदर्शनमा उत्रिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू