अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान

बिआरटीनेपाल २०८० असोज २१ गते ६:५२ मा प्रकाशित

प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी रुपमा निन्दा भएको छ । यही हमलाको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई ध्यानमा राखी युद्ध रोक्नका लागि विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अमेरिका संधै इजरायलको साथमा रहेको प्रतिक्रिया दिनुभएको छ । नेतान्याहुसँग टेलिफोन सम्बाद गर्दै बाइडेनले अमेरिकाले इजरायललाई सक्दो सहयोग गर्ने बचन दिनुभएको छ । घटनाको बेलायत र जर्मनीले पनि निन्दा गर्दै समाधानको उपाय अवलम्बन गर्न आह्वान गरेको छ । बेलायतका विदेशमन्त्री जेम्स क्वेलरीले हमासको बिरोध गर्दै इजरायलको समर्थन गर्न बेलायत तयार रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू