अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१
| Colorodo: 10:56
स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमलाई पूर्व प्रेमीले लगाएको यौन दुर्व्यवहारको मुद्दा लण्डनको एक अदालतले खारेज गरेको छ ।यौन उत्पीडनको आरोपको मुद्दा लण्डनमा सुनुवाइ हुन नसक्ने न्यायाधिस रोवेना कोलिन्स राइसले फैसला सुनाएको बीबीसीले जनाएको छ।इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायनले सन् २०१२ मा सम्बन्ध बिग्रिएपछि कार्लोसविरुद्ध १२ करोड ६० लाख पाउन्डभन्दा धेरै क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुभएको थियो ।
‘इङ्ल्यान्ड र वेल्सको उच्च अदालतमा यो दाबीको सुनुवाइ गर्ने क्षेत्राधिकार छैन’ लिखित फैसलामा भनिएको छ । यो फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गर्नुभएको छ । सन् २०१४ मा गद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजा कार्लोसले जासुसी र उत्पीडन गरेर आफूलाई ठूलो मानसिक पीडा दिएको सायनको आरोप छ।