अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६
| Colorodo: 23:41
युक्रेनको खार्किभ प्रान्तको दक्षिण–पूर्वी ह्रोजा गाउँमा रुसले गरेको आक्रमणमा ५१ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ । एक जना युक्रेनी सैन्य जवानको अन्तेष्टी कार्यक्रम चलिरहँदा रुसले मिसाइल हमला गरेको युक्रेनको दाबी छ । युक्रेनको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा कुनै सैन्य अखडा नरहेको पनि जनाएको छ ।
खार्किभका क्षेत्रीय प्रमुख ओलेह सिन्येहुबोभले आक्रमणलाई यस क्षेत्रको अहिलेसम्मकै “रक्तपातपूर्ण अपराध“ को रूपमा वर्णन गर्नुभयो । एउटै गाँउको २० प्रतिशत जनसंख्या रुसी हमलामा मारिएको उहाँको भनाई छ । आक्रमणमा परेको यो गाउँ रूस र युक्रेनी सेनाहरू बीचको भिडन्तको अग्रपंक्तिमा रहेको छ ।