अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९
| Colorodo: 17:04
उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सातजनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सातजनाको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ । उद्धारकार्य जारी छ । मदेरो सहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए ।
तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।