अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 05:56

बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

बिआरटीनेपाल २०८० असोज ५ गते ७:२७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि दोस्रो पटक अमेरिका भ्रमणमा जानु भएका जेलेन्स्कीले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी बहादुरीको प्रशंसा गर्दै अमेरिका सधै युक्रेनको साथमा रहने आश्वसन दिनुभएको थियो । अमेरिकाले युक्रेनलाई १२ करोड ८० लाख अमेरिकी डलर बराबरको थप हतियार सहयोगको घोषणा गरेको ह्वाइट हाउसका सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । जेलेन्स्कीको भ्रमण यस्तो बेलामा भएको छ जतिबेला अमेरिकी संसदले आगामि बजेटमा सहमति जुटाउन सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू