अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 08:02

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बनाइयो बन्धक’

बिआरटीनेपाल २०८० भदौ ३१ गते ५:५० मा प्रकाशित

नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अरू फ्रान्सेली कूटनीतिज्ञलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताउनुभएको हो । गएको जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःसर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनाइएका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताएका छन् । सैन्य विद्रोहबाट सत्ताकब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा)खारेज गर्दै उनलाई निष्कासन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू