अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

साम्राज्यवाद विरुद्धको युद्धमा रुसलाई साथ दिने उत्तर कोरियाली नेता किमको भनाई

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:१८ मा प्रकाशित

रुस भ्रमणमा रहनु भएका उत्तर कोरियाका नेता किम जोङ उन दुइ दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ । निकै महत्वपूर्ण मानिएको यो भ्रमणबीच रुसी राष्ट्रपति पुटिन र किम जोङ उनबीच सन् २०१६ मा बनेको रुसको अन्तरिक्ष केन्द्र भास्टोचनी कोस्मोड्रोममा भेट भएको थियो ।

भेटका अवसरमा रुसले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रममा सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ । यसका साथै उत्तर कोरियाली नेता किमले साम्राज्यवाद विरुद्धको युद्धमा रुसलाई साथ दिने बचन दिनु भएको उत्तर कोरियाली सञ्चारमाध्यम केसिएनएले जनाएको छ । भेटकै अवसरमा युक्रेनमाथिको रुसी आक्रमणलाई लक्षित गरी नेता किमले रुसी राष्ट्रपति पुटिनलाई रुसी सेनाले शत्रुहरूमाथि विजय हासिल गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।

उत्तर कोरियाले रुसलाई युद्ध सामग्री उपलब्ध गराउने विश्वास दिलाउनु भएको बुझिएको छ । रेलमार्फत रुस पुग्नु भएका नेता उन रेलमै स्वदेश फर्कनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू