अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

उत्तर कोरियाली नेता किम जोङ उन रुसमा, आज राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुँदै

बिआरटीनेपाल २०८० भदौ २६ गते २:४४ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन रुस पुग्नुभएको छ । उहाँ उत्तर कोरियाबाट रेल चढेर रुस पुग्नुभएको बीबीसीले जनाएको छ । किमले रातभर रेलयात्रा गर्नुभएको हो । उहाँले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले उहाँको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ । किम चार वर्ष पछि रुस पुग्नुभएको हो । कोरोना महामारी शुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण समेत हो ।

अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू