अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

श्रीलङ्कामा ६ महिनामै भित्रियो ३ अर्ब ८० करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स

बिआरटीनेपाल २०८० भदौ २३ गते ७:२९ मा प्रकाशित

श्रीलङ्काले यो बर्षको पहिलो ६ महिनामा ३ अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ ।

‘यो बर्षको पहिलो ६ महिनामा ३ अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,’ श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले जानकारी दिनुभयो । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उहाँले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताउनुभयो । श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको शुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिनुभयो ।

सन् २०२१ मा श्रीलङ्काका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन् । श्रीलङ्काका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय