अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

नासाको स्पेस एक्स क्रु सिक्स पृथ्वीमा फर्कियो

बिआरटीनेपाल २०८० भदौ १९ गते ६:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सोमबार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन अन्तरिक्ष यानमा सवार स्पेसएक्स क्रु ६ अन्तरिक्ष यात्रीहरुसहित सुरक्षित अवतरण भएको छ ।

नासाका अन्तरिक्षयात्री स्टिफन बोवेन र वुडी होवर्ग, युएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रोस्कोमोस (रुसको राज्य अन्तरिक्ष निगम) अन्तरिक्ष यात्री एण्ड्रे फेडियाएभ सहितको चार सदस्यीय टोली सुरक्षित पृथ्वी फर्किएको हो ।

अन्तरिक्षयानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आएसएस) बाट आइतबार पूर्वी समय (११०५ आइतबार जिएमटी) बिहान ७ बजेर ५ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेको हो । यो मिसन मार्च २ मा फ्लोरिडाको नासाको केनेडी सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू