अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

जिम्बाबेमा विपक्षी दलद्वारा निर्वाचन परिणाम अस्वीकार

बिआरटीनेपाल २०८० भदौ १३ गते २०:२१ मा प्रकाशित

जिम्बाबेको विपक्षी दल नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) ले अगस्ट २३ र २४ मा राष्ट्रपति चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गरेको छ । उक्त दलले निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग समेत गरेको छ । अगस्ट २३ मा भएको निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने र निर्वाचन धाँदलीयुक्त भएको उक्त दलका नेताहरुको जिकिर छ ।जिम्बाबे निर्वाचन आयोग (जेडइसी) द्धारा शनिवार घोषणा भएको नतिजाअनुसार मनन्गाग्वाले कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेका थिए ।

उनका मुख्य प्रतिष्पर्धी सीसीसीका नेता नैल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गरेका थिए । सीसीसीका उपप्रवक्ता गिफ्ट सिजिबाले निर्वाचन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै दक्षिण अप्रिmकी विकास समुदाय (एसएडीसी) र अफ्रिकी युनियन (एयु) लगायतका अन्तर्राष्ट्रिय निकायहरुको पर्यवेक्षणमा देशले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने माग गर्नुभएको छ । निर्वाचनपछि आफ्नो पहिलो सम्बोधनमा आईतवार राज्यसभामा प्रतिक्रिया दिँदै राष्ट्रपति मनान्गाग्वाले भने निर्वाचन पारदर्शी भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू