अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४
| Colorodo: 16:09
आउँदो महिना सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहने हुनुभएको छ । पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूह जी–२० को सम्मेलनमा सहभागी नहुने बताउनुभएको हो ।
यस वर्ष भारतले आयोजना गरिरहेको शिखर सम्मेलनमा पुटिनले आफ्नो तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी हुने बताईएको छ । दुई नेताले आपसी हित एवं क्षेत्रीय र विश्वव्यापी मुद्दामा पनि छलफल गरेको बताइएको छ । रुस सरकारका प्रवक्ताले गत हप्ता पुटिन व्यस्त कार्यतालिका कारण शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए । जी–२० विश्वका १९ धनाढ्य मुलुक र युरोपियन युनियन समावेश छ । यसको अध्यक्ष प्रत्येक वर्ष फरक सदस्य राष्ट्र हुन्छ र सोहीले सम्मेलनको आयोजना गर्छ ।