अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

कंगोको एउटा गाउँमा उग्रवादीकोे हमलामा १४ जनाको मृत्यु

बिआरटीनेपाल २०८० भदौ १२ गते ७:४७ मा प्रकाशित

अफ्रिकी मुलुक कंगोमा उग्रवादी मिलिसिया समुहले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । कंगोको गोबु गाउँमा प्रवेश गरेका हतियारधारी समुहले गाउँलेहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जना सर्वसाधारण, चार हमलाकार र एक सैनिकको मृत्यु भएको हो ।

मिलिसियाको आक्रमण लगत्तै पुगेका कंगोका सेना र मिलिसियाबीच दोहोरो गोली हानाहान भएको बुझिएको छ । घटनामा दुई सैनिक र दुइ सर्वसाधारण गरी चारजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।

गाउँलेहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्र्नेहरु फरार भएका छन् । घटनाका बेला गाउँलेहरुले भागाभाग गरेका थिए । हाल सो गाउँ वरपरको सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू