अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

भारतमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० भदौ ११ गते ६:३९ मा प्रकाशित

भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ ।विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ ।अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू