अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

समुन्द्रमा दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा बिरोध

बिआरटीनेपाल २०८० भदौ ९ गते ५:३७ मा प्रकाशित

जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फालेको बारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् ।उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए ।

उनीहरुले यो मानिसहरुको लागि अपमान भएको भन्दै प्रशान्त महासगरसँग जोडिने देशहरु साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए । जापानले गत बिहीबार १ बजेबाट फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू