अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

विश्वकै उदीयमान अर्थतन्त्र सम्मिलित ब्रिक्समा थपिए ६वटा देश

बिआरटीनेपाल २०८० भदौ ८ गते ८:१८ मा प्रकाशित

विश्वकै उदीयमान अर्थतन्त्र मुलुकहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ब्रिक्समा थप ६ मुलुक सहभागी भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराइएको हो । ब्रिक्समा सहभागी हुने नयाँ देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स(यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट छन् । १७ वर्षअघि स्थापना भएको ब्रिक्सको यस पटकको शिखर सम्मेलनमा संगठन विस्तारबारे नै बढी विमर्श हुनेछ ।

यी मुलुकले केही वर्षयता ब्रिक्समा सदस्य बन्न लबिइङ गरिरहेका थिए । ५ देशको नामबाट संगठनको नाम ब्रिक्स रहेकोमा अब नयाँ ६ मुलुक सदस्य थपिएपछि संगठनको नाम ‘ब्रिक्स प्लस’ रहनेछ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ६ मुलुकलाई ब्रिक्सको १५औं शिखर सम्मेलनले पूर्ण सदस्यका रूपमा सहभागी गराएको उल्लेख गर्दै बधाई र स्वागत गर्नुभएको छ । नयाँ सदस्यसहित ब्रिक्स अझ सशक्त हुने पनि उहाँको भनाइ छ । विश्व अर्थतन्त्रमा अमेरिकी नेतृत्वको पश्चिमा खेमा बलियो बन्दै आएकोमा अब ब्रिक्सको उदयले त्यसलाई थप चुनौती दिन सक्ने आंकलन गरिएको छ ।

पश्चिमी खेमामा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत मुलुक छन् । तर उदाउँदा आर्थिक शक्तिका मुलुकहरू सहभागी ब्रिक्समा साउदी अरब, इरान र यूएईजस्ता प्रभावशाली मुलुकहरूको सहभागिताले समूहलाई थप बलियो बनाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू