अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१
| Colorodo: 16:06
मेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित एउटा जेल समक्ष आत्मसमर्पण गर्नुभएको छ । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको फुल्टोन काउन्टी अदालतले उहाँलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गर्नुभएको हो ।
ट्रम्पसँगै उहाँका १९ जना सहयोगीहरुले पनि फुल्टोन काउन्टी जेलमा आत्म समर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरुले उहाँलाई नियन्त्रणमा लिएका थिए ।
त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारिरीक हुलियाको पनि रेकर्ड राखिएको थियो । जेलमा २० मिनेट विताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ जानुभएको थियो । ट्रम्प जेलमा पुग्दा उहाँका समर्थकहरु पनि भेला भएका थिए ।