अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

थाइ पूर्वप्रधानमन्त्री सिनावात्रा निर्वासनबाट स्वदेश फर्किनासाथ पक्राउ

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:१७ मा प्रकाशित

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किनासाथ पक्राउ पर्नुभएको छ । बैंककस्थित डन मुयाङ विमानस्थलमा मंगलबार बिहान ९ बजे अवतरण भएपछि उनलाई प्रहरीले पक्राउ गरी अदालत उपस्थित गराएर जेल चलान गरेको छ ।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रामाथि शक्तिको दुरुपयोगलगायत थुप्रै आपराधिक अभियोगमा सर्वोच्च अदालतले उहाँविरुद्ध ८ वर्षको जेल सजाय तोकेको थियो । थाक्सिनले भने आफूमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको बताउँदै आउनुभएको छ । मंगलबार सिनावात्रा निजी विमानबाट विमानस्थलमा अवतरण गर्नासाथ अदालत उपस्थित गराएर जेलमा लगिएको हो ।

थाक्सिन २००१ मा चर्चित नेताको रुपमा सत्तामा पुगेपछि त्यहाँका सम्भ्रान्तहरूबाट ग्रामीण क्षेत्रका थाइ नागरिकहरू लामो समयदेखि उपेक्षित रहेको भन्दै विवादमा पनि आउनुभएको थियो । उहाँ २००६ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्न न्यूयोर्कमा छँदा नै थाइ सेनाले सत्ता कब्जा गरेको थियो । २००८ पछि निर्वासनमा रहँदै आउनुभएका सिनावात्राले अधिकांश समय दुबइमा बिताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू