अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

सुन्दर इराकका लागि टाइग्रिस नदीको सरसफाई अभियान शुरु

बिआरटीनेपाल २०८० भदौ ३ गते ६:५१ मा प्रकाशित

इराकको राजधानी बगदादलाई छुट्याउने टाइग्रिस नदीको किनार सफा गर्न युवाहरुको समूहले अभियान शुरु गरेको छ  । नदीलाई सफा, स्वस्थ र अझ सुन्दर इराक बनाउन सरसफाइको कार्यक्रम अघि बढाएको बताइएको छ । दशकौंको द्वन्द्व र वर्षौंको राजनीतिक र आर्थिक उथलपुथलमा रुमल्लिएको लामो समयपछि यो अभियान शुरु गरिएको हो ।

यो अभियान पहिलो र अन्तिम नभएको भन्दै अभियन्ता सैफ अहमदले समुदायबीचको भावना पुनः निर्माण गर्न र समुदायमा वातावरणको हेरचाह गर्नुपर्ने कुरा फैल्याउनु अभियानको उद्देश्य रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू