अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

बेलायतमा ७ जना नवजात शिशुको हत्या गरेको अभियोगमा एक नर्स दोषी ठहर

बिआरटीनेपाल २०८० भदौ २ गते ५:३७ मा प्रकाशित

बेलायतमा ७ जना नवजात शिशुको हत्या र अन्य ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहर भएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी र समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो । म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टिसहित फैसला सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो । अदालतको सुनुवाइका क्रममा लुसीका सहकर्मीले हरेक बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । नर्स लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा उनी तेस्रो पटक पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू