अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९
| Colorodo: 08:44
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी हिंसामा थप ३ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले कुकी समुदायका ३ जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा शुक्रबार दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म १ सय ५० भन्दा बढीको ज्यान गएको छ । हिंसाका क्रममा सयौं घर र पसलहरू जलाइएको समाचारमा उल्लेख छ ।