अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० भदौ १ गते ८:०० मा प्रकाशित

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी  हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको ज्यान गएको छ’, उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ । बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा अहिलेसम्म राज्यमा एक सय ५० जनाभन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू