अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

पाकिस्तानमा अनवर-उल-हक काकर कार्यबहाक प्रधानमन्त्री

बिआरटीनेपाल २०८० साउन २८ गते ७:२८ मा प्रकाशित

 पाकिस्तानमा सिनेटर अनवर-उल-हक काकरलाई कार्यबहाक प्रधानमन्त्री बनाईएको छ । निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र बिपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो ।उहाँले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने हुुनु भएको छ । काकर बलुचिस्तान प्रान्तका हुनुहुन्छ । पकिस्तानको माथिल्लो सदन सिनेटमा उहाँलाई स्वतन्त्र सांसद मानिन्छ । तर, उहाँ पाकिस्तानी सेनासँग निकट सम्बन्ध राख्ने बलुचिस्तान अवामी पार्टीसँग आवद्ध रहनुभएको स्थानिय समाचार संस्थाहरुले जनाएका छन् ।

अगस्ट ९ मा पाकिस्तानको संसद विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । पाकिस्तानमा सन् २०२२ मा अविस्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गरिएपछी राजनैतिक अस्थिरता बढेको छ । कार्यबाहक प्रधानमन्त्री काकरले अब ९० दिनभित्र मुलुकमा नयाँ निर्वाचन गराउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू