अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि निर्वाचन आयोगको पाँच वर्षे प्रतिबन्ध

बिआरटीनेपाल २०८० साउन २४ गते ८:०१ मा प्रकाशित

पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्मका लागि सार्वजनिक पदमा बस्न रोक लगाइएको छ । पाकिस्तानको निर्वाचन आयोगले आगामी पाँच वर्षसम्म कुनै पदमा रहन नपाउने गरी रोक लगाएपछी उहाँको सांसद पद पनि खारेज भएको छ । साथै उहाँले आसन्न चुनाव लड्न पनि नपाउने हुनुभएको छ ।

भ्रष्टाचारको आरोपमा ३ वर्षको जेल सजाय पाउनुभएको खानले आफूमाथि राजनैतिक प्रेरित षडयन्त्र भएको आरोप लगाइरहेकै बेला सांसद पदबाट पनि बर्खास्त गरिएको हो । सन् २०१८ मा राजनितीमा प्रवेश गर्नुभएका ७० वर्षीय खानलाई पदमा रहँदा विदेशीले दिएको उपहार बिक्री गरी रकम हिनामिना गरेको आरोपमा ३ वर्षको जेल सजायँ तोकेपछी जेल चलान गरिएको हो ।

अदालतको उक्त आदेशलाई चुनौती दिँदै खानका कानून व्यवसायीहरूले उच्च अदालतमा पुनरावेदन दायर गरेका छन् जसको सुनुवाई बुधबार हुने भएको छ । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका खानमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । हाल उहाँलाई पञ्जाब प्रान्तको एटक शहरमा रहेको कारागारमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू