अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

बिआरटीनेपाल २०८० साउन २१ गते ६:०२ मा प्रकाशित

पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । रेलमन्त्री साद रफिकले घटनाको पुष्टि गरेका छन् ।“रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । र, कयौँ घाइते भएका छन्,” मन्त्री रफकले भने का छन्।

पत्रकार सम्मेलनमा मन्त्री रफिकले दुर्घटना हुँदा रेलको गति प्रतिघण्टा ४५ किलोमिटर रहेको थियो । तीव्र गतिका कारण रेल दुर्घटना भएको शंका गरेपछि उनले रेलको गति धेरै नभएको बताएका हुन् । रेल दुर्घटनामा परेकाहरु सवैकको उद्धार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू