अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता

बिआरटीनेपाल २०८० साउन १७ गते ६:५१ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ ।ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेका बीबीसीले जनाएको छ ।मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो बिहीवार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुनुहुने भएको छ ।

पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गर्नुभएका ट्रम्पले भने आफूले केही गलत नगरेको भन्दै आफूमाथि लगाइएको आरोपलाई बकवास भन्नुभएको छ ।ट्रम्पलाई गोप्य कागजातहरू र आफ्नो बारेमा जानकारी लुकाउन पोर्नस्टारलाई पैसा तिरेको दुई वटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो ।

चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित बीबीसीले जनाएको छ । २०२१ को जनवरीमा जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू