अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 09:59

अफगानिस्तानमा तालिवान सरकारले जलायो सांगितिक बाध्ययन्त्र

बिआरटीनेपाल २०८० साउन १६ गते ७:१५ मा प्रकाशित

अफगानिस्तानमा तालीवान सरकारले सर्वसाधारणबाट सांगितिक बाध्ययन्त्रहरु जफत गरी जलाएको छ । बाध्ययन्त्रले नैतिक भ्रष्टाचार निम्त्याउने भन्दै तालीवानले देशका विभिन्न क्षेत्र र बिशेषगरी विवाहस्थलमा बजाउने गरिएका बाध्ययन्त्र जफत गरी जलाएको हो । दुई वर्ष अघि सत्ता कब्जा गरेपछि सार्वजनिक रुपमा गीत संगीत बजाउन रोक लगाएको तालिवान सरकारले बाध्ययन्त्रहरु जलाउँदा संगीत प्रेमीहरुले बिरोध गरेका छन् ।

अफगानिस्तानको नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक अहमद सरमस्तले तालीवानको कदम सांस्कृतिक नरसंहार भनेका छन् । सर्वसाधारणलाई कलाको स्वतन्त्रताबाट बञ्चित गरिएको पनि उनले बताएका छन् ।अफगानिस्तानमा ९० को दशकको मध्यदेखि सन् २००१ सम्म तालिवान सत्तामा रहदा सबै प्रकारका संगीतलाई सामाजिक जमघट, टिभी, र रेडियोमा प्रतिबन्ध लगाइएको थियो । तालिवान सत्तामा आएपछि त्यहाँका प्रख्यात संगीतप्रेमीहरुले देश छोडेका थिए भने केही संगीतकर्मीहरुमाथि कुटपीट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू