अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

ताइवानलाई साढे ३४ करोड डलरको सैन्य सहायता गर्ने अमेरिकाको घोषणा, चीनको विरोध

बिआरटीनेपाल २०८० साउन १५ गते ६:१० मा प्रकाशित

अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । तर, यसबारे विस्तृत जानकारी खुलाएको छैन ।

अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् । अमेरिकाको यो घोषणाको चीनले विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ । तर, ताइवानले भने आफूलाई स्वतन्त्र राज्य रहेको बताउने गरेको छ ।

चीनले आवश्यकता परेमा बलपूर्वक ताइवानलाई आफ्नो भूमिमा एकीकृत गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू