अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

मणिपुरमा म्यानमारका जनताको बायोमेट्रिक गरिंदै

बिआरटीनेपाल २०८० साउन १४ गते ६:५१ मा प्रकाशित

भारतको मणिपुरमा भड्किएको जातीय हिंसाकाबीच मणिपुर सरकारले म्यानमारबाट शरण लिन मणिपुर राज्यमा आउने मानिसहरूक बायोमेट्रिक डाटा लिन सुरु गरेको छ ।म्यानमारको शरणार्थीको नाममा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचानका लागि सरकारले उक्त कदम चालेको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार आगामी सेप्टेम्बर महिनासम्म बायोमेट्रिक गर्न लागेको हो । मणिपुरमा गत मे महिना देखि स्थानीय कुकी र मेइती समुदायबीच जारी हिंसाले उग्र रुप लिएपछी मणिपुर तनावग्रस्त बन्दै आएको छ ।

जातीय हिंसामा हाल सम्म १ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हिंसा मच्चाएको आरोपमा ६ हजारभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढार्ईएको छ । हिंसाकाबीच करिब ६० हजार मानिस घरबारबिहिन बनेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू