अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९
| Colorodo: 23:14
नेदरल्यान्ड्समा तीन हजार वटा कारले भरिएकाे एउटा कार्गाे जहाजमा आगाे लागेकाे छ । नेदरल्यान्ड्सकाे तट नजिक जहाजमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे एक जना घाइते भएका समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ ।तटरक्षक बलले मङ्गलवार राति जर्मनीबाट इजिप्ट गइरहेकाे जहाजमा आगाे लागेकाे बताएकाे छ । जहाजमा आगाे लागेपछि चालक दलका केही सदस्य समुद्रमा कुदेका थिए ।
तटरक्षक बलले जहाजमा आगाे लाग्नुकाे कारण अहिलेसम्म पत्ता नलागेकाे बताएका छन् । नेदरल्यान्ड्सकाे नाैसेनाले जहाज डुब्ने आशङ्का बढ्दै गएकाे बताएकाे छ । जहजमा आगाे लागेपछि एउटा हेलिकप्टरकाे सहयाेगमा चालक दलका २३ जना सदस्यलाई बाहिर निकालिएकाे खबरमा उल्लेख छ ।