अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

अफ्रिकी मुलुक बुर्किना फासोमा २ दिनमा ५० महिलाको अपहरण

बिआरटीनेपाल २०७९ माघ ३ गते ४:२३ मा प्रकाशित

अफ्रिकी मुलुक बुर्किना फासोमा यहि जनवरीमा ५० जना महिला अपहरणमा परेका छन् । जनवरी १२ र १३ मा उत्तरी प्रान्त साउमबाट ५० महिला अपहरणमा परेको त्यहाँको सरकारले पुष्टी गरेको हाे । सोही प्रान्तका ग्रामीण क्षेत्रका खेतमा कार्यरत महिलाहरुलाई बन्दुकधारी समूहले अपहरण गरेको र उनीहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुख भोल्कर टर्कले ति महिलाहरुको रिहाइ गर्न माग गर्नुभएको छ । साथै उहाँले यस घटनामा संलग्न समूहलाई कारबाही गर्न आग्रह पनि गर्नुभएको छ । विश्वकै सबै भन्दा गरीब देश बुर्किना फासोमा सन् २०१५ देखि सक्रिय रहेको आतंकवादी समूह अलकायदाको पकड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय