अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

दक्षिण अफ्रिका, रुस र चीनका सैनिकले हिन्द महासागरमा संयुक्त अभ्यास गर्ने

बिआरटीनेपाल २०७९ पुष २४ गते ४:२६ मा प्रकाशित

दक्षिण अफ्रिकी सेना नेसनल डिफेन्स फोर्सले चीन र रुससँग मिलेर त्रिपक्षीय जलसैन्य अभ्यासमा सहभागी हुने पुष्टि गरेको रुसी समाचार संस्था तासले खबर दिएको छ । डिफेन्स वेब नामक अन्लाइन न्यु पोर्टललाई उद्धृत गर्दै तासले हिन्द महासागरमा १७ देखि २४ फेब्रुअरीसम्म तीन देश का जलसेनाले अभ्यास गर्ने खबर दिएको हो ।

आठ दिने अभ्यास हिन्द महासागरमा दक्षिण अफ्रिकी तटकीय राज्य क्वाजुलु–नटाल नजिक हुन लागेको हो । लगभग १६० किलोमिटर क्षेत्रमा अभ्यास हुनेछ ।त्यसका रुसका दुईवटा युद्धपोत सहभागी हुनेछन् ।  अभ्यासमा बन्दूक चलाउने तालिम, सैन्य सुरक्षा तालिम र वायुसैन्य अभ्यास पनि गरिनेछन् ।

अभ्यासको नाम मोसी अर्थात् धूवाँ राखिएको छ । यसअघि सन् २०१९ मा पनि यी तीनै देशले यही अभ्यास गरेका थिए ।  ब्रिक्स मुलुकका तीन सदस्यले यसरी अभ्यास गर्दा अर्को सदस्य भारतको नामनिशाना छैन । हिन्द महासागरमा भइरहेको अभ्यासलमा भारत सहभागी नहुनुलाई आश्चर्यका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय