अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

जर्मनीद्वारा आफ्ना नागरिकलाई चीन भ्रमणमा प्रतिबन्ध

बिआरटीनेपाल २०७९ पुष २४ गते ४:०७ मा प्रकाशित

जर्मनीले काेरोना महामारी नियन्त्रणका लागि भन्दै चीनमा अत्यावश्यक बाहेकका यात्रामा प्रतिबन्ध लगाएको छ। चीनमा काोभिड-१९ काे संक्रमणको अवस्था चीन सरकारको नीतिमाथि शंका गर्दै जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमार्फत चीनमा यात्रा प्रतिबन्ध लगाएको जानकारी दिएको हो । कोभिडको संक्रमण दर बढेको हल्लासँगै एक दर्जन भन्दा बढी देशले यसअघि नै चीनबाट आउने यात्रुमाथि नयाँ नियम र मापदण्ड लागू गरिसकेका छन् ।

युरोपेली संघका विज्ञहरूले यसै साता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोराेना परीक्षणको माग गरिसकेको छ । फ्रान्स, जर्मनी, इटाली र स्पेनलगायतका राष्ट्रले भने एशियाली मुलुकबाट आउने यात्रुको काेराेना परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् । गैर–युरोपेली देशहरू मध्ये अमेरिका र जापानले पनि त्यस्तै उपायहरू अवलम्बन गरेका छन् । चीनमा जाडोयाम र चिनियाँ नयाँ वर्षको सुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्याधिक प्रकोपको चेतावनी जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय