रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको अस्थायी ब्यारेकमा गरेको रकेट आक्रमणमा ६३ रुसी सेनाकाे मृत्यु भएकाे छ । रुसी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको ‘हमार्स’ रकेट प्रणाली प्रयोग गरेर गरिएकाे आक्रमणमा आफ्ना ६३ सैनिककाे मृत्यु भएकाे हाे । यसअघि युक्रेनले रकेट आक्रमणमा ४ सय रुसी सेनाकाे मृत्यु भएकाे दावी गरेको थियो ।
युक्रेनको भनाइ पुष्टी भएको खण्डमा गत फेब्रुअरीदेखि जारी युद्धमा युक्रेनले रुसी सेनामाथि गरेको यो नै सबै भन्दा ठूलो आक्रमण हो ।युक्रेनको डोनेट्स्कको माकीभकामा रहेको रुसी सेनाको अस्थायी शिविर रकेट आक्रमणका कारण ध्वस्त भएको छ । यता रुसले युक्रेनले गरेको रकेट आक्रमण लगत्तै इरानमा निर्मित दर्जनौं ड्रोन आक्रमण गरेको छ । रुसले युक्रेनको विभिन्न शहर लक्षित गरी ३९ वटा ड्रोन आक्रमण गरेको हो । जसबाट युक्रेनतर्फ पर्न गएको क्षतिको विवरण भने अझै आएको छैन ।
