अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

इरानमा सय जना भन्दा बढीले मृत्युदण्डको त्रास झेल्दै

बिआरटीनेपाल २०७९ पुष १४ गते ४:०० मा प्रकाशित

इरानमा एक युवतीको हिरासतमा मृत्युपछि भड्किएको प्रदर्शनमा सहभागी भएको आरोपमा एक सय जना भन्दा बढीले मृत्युदण्डको सजाय वा मृत्युदण्डको अभियोग झेलिरहेको खुलासा भएको छ ।नर्वेमा रहेको इरान मानव अधिकार संस्थाका अनुसार त्यस्तो सजाय पाउनेहरुमा देशका प्रवुद्ध नागरिकदेखि सेलिब्रेटीहरुसम्म रहेका छन् । तर, उनीहरुका परिवारलाई नबोल्न चेतावनी दिइएको छ । दुई युवालाई यसअघि नै मृत्यु दण्डको सजाय दिईसकिएको छ भने एक युवालाई कुनै पनि बेला झुण्ड्याउने तयारी छ ।

यस्तै पाँच जना महिलालाई पनि मृत्युदण्ड दिने फैसला भईसकेकाले उनीहरुलाई कुनै पनि बेला सजाय दिन सकिने अवस्था रहेको उक्त संस्थाको दाबी छ ।सय दिन यता चलिरहेको प्रदर्शन र दंगाका क्रममा ६४ बालबालिका, ३४ महिलासहित ४७६ जना मारिईसकेका छन् ।

अल्लाहविरुद्ध दुश्मनी गरेको अभियोगमा मृत्युदण्डको अभियोग लगाइएका वा त्यस्तो सजाय सुनाईकाहरुलाई कानुनी परामर्शका लागि वकिलको सहायता लिने अधिकारबाट समेत बञ्चित गरिएको छ । पक्राउ गरिएकाहरुलाई हिरासतमा यस्तो गरी यातना दिने गरिएको छ कि उनीहरु शारिरीक वा मानसिक रुपमा विक्षिप्त बन्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय