अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

मलेसिया पहिराे जाँदा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ पुष १ गते ५:३८ मा प्रकाशित

मलेसियाको सेलान्गोर राज्यको शरणार्थी शिविरमा गएको पहिरोमा १६ जनाको मृत्यु भएको छ । सो राज्यको बाटाङकाली बस्तीको छुट्टाछुट्टै शिविरमा वर्षापछि पहिरो जाँदा ५ बालबालिकासहित १६ जनाको मृत्यु भएको हो ।

९० बढी मानिसको बसोबास रहेको शिविरमा पहिरोले पुरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहिरोमा परेर हराइरहेका १७ जनाको खोजी कार्य जारी छ ।

यसैबीच मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पहिरोमा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्नुका साथै उद्धारकार्य छिटो र छरितो गर्न निर्देशन दिनुभएको छ । विभिन्न देशबाट खोला किनारको शिविरमा बस्दै आएका नागरिकलाई उचित बासस्थानतर्फ सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय