अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

पाकिस्तान सुपर लिगका लागि बिकेनन् नेपाली खेलाडी

बिआरटीनेपाल २०७९ पुष १ गते ५:१४ मा प्रकाशित

पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् ।पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन ।नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए ।

नेपालका सुरूवाती व्याट्सम्यान कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा थिए । यसैगरी, नेपालका अन्य पाँच खेलाडी अर्जुन साउद, सुवास खकुरेल, सोमपाल कामी, पवन सर्राफ र आदील अन्सारी विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा रहेका थिए । आगामी माघ २६ गते (फेब्रुअरी ९) बाट प्रतियोगिता सुरू हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय