अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

इक्वेडरको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ५:४० मा प्रकाशित

इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि याे घटना भएको त्यहाँका अधिकारीहरुले बताएका हुन् । इक्वेडरमा कारागारमा रहेका कैदीबन्दीको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत वर्ष पनि विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीको मृत्यु भएको थियो । विभिन्न आपराधिक घटनामा संलग्न भएर जेल सजाय भाेगिरहेका कैदीहरुले कारागारमै आक्रमण गर्ने गरेको जनाइएकाे छ । केही साताअघि मात्रै सरकारले २ हजार भन्दा बढी कैदीलाई सुरक्षित कारागारमा स्थानान्तरण गरेको थियो । विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएकाहरुलाई राखिएका कारागारहरु असुरक्षित भएपछि कैदीबन्दीलाई पटक-पटक स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय