अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

इथोपियाका विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत

बिआरटीनेपाल २०७९ कार्तिक १७ गते ६:२९ मा प्रकाशित

अफ्रिकी मुलुक इथोपियाको उत्तरी टिग्रे क्षेत्रमा सक्रिय विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत भएका छन् । इथोपिया सरकार विरुद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका टिग्रेका विद्रोहीहरू अफ्रिकन युनियनको मध्यस्थतामा हिंसात्मक गतिविधि त्याग्न तयार भएका हुन ।इथोपियन सरकार विरूद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका समूहहरू हिंसा अन्त्य गर्न सहमत भएकाले इथोपियाका लागि नयाँ बिहानी सुरू भएको मध्यस्थकर्ताहरूले बताएका छन् ।

इथोपियाका प्रधानमन्त्री अबि अहमदले सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन् भने टिग्रेका विद्रोहीहरूले पनि पुनः हिंसा हुन नदिने प्रतिवद्धता जनाएका छन् ।लामो समयदेखिको हिंसाका कारण टिग्रे क्षेत्रमा हजारौं मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन् । त्यस क्षेत्रमा चरम गरिवी र भोकपरी ब्याप्त छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय