अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३
| Colorodo: 05:38
साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन् । सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो ।राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको मानव अधिकारवादी समूहले जनाएको छ ।
साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बास्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा परिचित छिन् । बिना कारण कारागार चलान गरिएको भन्दै साउदीको मानवअधिकार संस्थाले ब्यापक बिरोध गरेको थियो ।
उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै रिहा गरिएको बताइएको छ । तर, सरकारी अधिकारीहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन् ।
