अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१०
| Colorodo: 16:25
ब्राजिलको एउटा तालमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् ।ब्राजिलको दक्षिणपुर्वी क्षेत्रको मिनास गेराइस राज्यको तालमा ४७ यात्रु सहितको डुंगामाथि चट्टान सहितको ढिस्को खस्दा दूर्घटना भएको हो ।
तालको छेउमा रहेको चट्टान दुई चिरा भई डुंगामाथि खसेको जनाइएको छ । ब्राजिलमा केही दिनदेखि जारी लगातार बर्षाका कारण चट्टान खसेको अनुमान गरिएको छ । तालमा खसेको चट्टानमा ३ वटा डुंगा ठोक्किएका थिए ।
