अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:३० मा प्रकाशित

अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।आगलागीमा २ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । २६ जना मानिस बस्दै आएको उक्त भवनमा रहेका ८ जना भने बाच्न सफल भएका छन् ।

आगलागीको समयमा बज्ने संकेत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाइृ भएको थियो ।जसका कारण ठूला मानविय क्षति भएको बुझिएको छ । बिद्युत शर्ट भई आगलागी भएकोे अनुमान गरिएतापनि घटनाबारे अनुसन्धान भइरहेको छ । आगलागीका कराण भवन पुरै रुपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय